आफुले माया गरेको ब्यक्ति नै हत्यामा संलग्न भएपछि ताराले नेपाल छाडेर मलेसियातिर लागेको आजको राजधानी दैनिकले छापेको छ । कोइरालाले २७ गते गीताको हत्या गरेको थाहा पाएपछि उनी पुस ३० गते नै मलेसियातिर लागेको जानकारी आएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।
सात बर्षदेखि कोइरालासँग घनिष्ट सम्बन्ध रहंदै आएकी रेग्मी चार बर्षदेखि उनैलाई श्रीमान भन्दै आएकी थिइन् । स्रोतका अनुसार गीताको शवलाई पालुङ पुर्याएर जलाएपछि उनी तारालाई भेटन पुगेका थिए । पहिलेभन्दा हतास र फरक ब्यबहार पाएपछि ताराले उनीबाट केही न केही गल्ती भएको अनुमान गरेकी थिइन् । गीतासंग सम्बन्ध बिच्छेद गरेर आफुसंग कानुनी बिबाहका लागि दबाब दिंदै आएकी तारा यो घटनापछि निराश भएर मुलुक छाडेको बताइएको छ । उनी गत माघ २ गते मलेसियास्थित नेपाली राजदूतावासमा देखिएकी थिइन् । उनले आफ्नो बुढो निकै तनावमा रहेको र ब्लड प्रेसर हाई भएर अस्पतालमा भर्ना भएको बताएको मलेसियास्थीत एक नेपाली ब्यबसायीले बता ।
यसैवीच प्रहरीले उनकी प्रेमिका तारालाई पनि हत्याको सहअभियुक्त बनाउने तयारी गरेको छ । घटना अगाडी र पछाडी पनि रञ्जन र तारावीच नियमित सम्र्पक भइरहेको कल डिटेल देखिएपछि प्रहरीले उनलाई सहअभियुक्त बनाउन लागेको नागरिक दैनिकले छापेको छ ।
यसैवीच डीएसपी रञ्जन कोइराला सम्पत्ति माग्दै आफैं अदालत गएको रहस्य खुलेको छ । आफुले आर्जन गरेको डेढ रोपनी जनिम र घर श्रीमतीको नाममा रहेको र आफुलाई दुई छोरा पालन पोषण गर्ने जिम्मेवारी रहेको भन्दै रञ्जनले आफैं २०६६ माघ २४ मा अदालतमा मुद्दा दायर गरेको नागरिक दैनिकले छापेको छ । त्यो मुद्दा चलिरहेका बेला २०६८ मा गीताले श्रीमानबिरुद्ध मानाचामल भराई पाउँ भनी मुद्दा दायर गरिन् । अदालतले सो मुद्दामा रञ्जनको आधा तलब दिनु भन्ने आदेश दिएको थियो । माना चामल मुद्दाको फैसला भएकै दिन बेलुकी अर्थात पुस २७ गते रञ्जनले गीतालाई बेपत्ता पारेका थिए ।
No comments:
Post a Comment