१३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । जारी बैठकले सरकारले केही घटाएको मूल्य स्वीकार्य नभएको निष्कर्ष निकालेको छ ।
जारी बैठकमा आन्दोलनको कार्यक्रमबारे छलफल भइरहेको क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो । वाणिज्य मन्त्रालयले बिहीबार खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ८५, डिजेल र मट्टतिेल प्रतिलिटरमा ४/४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।
जारी १३ विद्यार्थी संगठनको बैठकमा सरकारसँगको वार्तामा उठाउने एजेण्डाबारे पनि छलफल भइरहेको छ । सरकार र विद्यार्थी संगठनबीच चारबजे वार्ता हुँदैछ ।
No comments:
Post a Comment